अवैध सामानसहितकाे ट्रक प्रहरी नियन्त्रणमा

माेरङ- भन्सार छली गरी भित्रिएको करिब ३६ लाख रुपैयाँ बराबरको अवैध सामानसहितकाे एक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार विराटनगरको रोडशेष चौकबाट अवैध रूपमा भारतबाट भित्रिएको विद्युतीय सामग्रीसहित ना ३ ख ३०८७ नम्बरको ट्रक बरामद गरेको हो।

प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले यसक्रममा विराटनगर १६ बसोबास गर्ने ५६ वर्षीय ट्रक चालक रामविवेक मेहतालाई पक्राउ गरेको छ।

प्रहरीका अुनसार सो सामग्री भारतबाट नेपालतर्फ भन्सार छली गरी भित्र्याइएको हो।

प्रहरीले हाल सामग्रीसहित ट्रक सुनसरीको इटहरीस्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *