कटहरीमा ट्रयाक्टरले किचेर चालकको मृत्यु

विराटनगर । मोरङको कटहरी गाउँपालिका-७ लोहन्द्र खोलामा ट्याक्टरको ईन्जिनले किचेर चालकको मृत्यु भएको छ । शनिवार दिउँसो को १ त १२३४ नम्बरको ट्र्याक्टरमा बालुवा लिई फर्कने क्रममा ईन्जिनको भाग माथी तर्फ ऊठेर चालकलाई किच्दा घाईते भएका थिए ।

घाईते भएका चालक स्थानीय ३२ बर्षीय बरुण सरदारको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *